भारत : रेल आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

|

असार ०३, डेस्क । भारतमा रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएका छन ।

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालवाहक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीले बताएका छन् ।

दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै स्थानीय समय अनुसार बिहान मालवाहक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुवाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित