असार ०२, डेस्क। आज बिहान पाल्पामा जीप दुर्घटना हुँदा ०९ जना घाइते भएका छ्न ।
उक्त दुर्घटना निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीप सडकको बाँयातिरको भित्तामा ठोक्किएको पाल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन। साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





