जेष्ठ ३२, डेस्क । बारामा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाकाे मृत्यु भएको छ ।
बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुखमाथि गोली प्रहार भएको थियो । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा उनमिाथि गोली प्रहार भएको हो ।
घाइते भएका कुशवाहालाई उपचारको लागि वीरगंजको बयोधा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





