वैशाख १०, डेस्क। आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।
आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताएका छन् । परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की समेत दिएको उनले बताएका छन्।
आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, सम्मानहरु समेत जलेको छ भने घर पूर्ण रुपमा क्षति भएको छ ।





