वैशाख ०५, डेस्क। आज राम नवमीको दिन दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।
राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गरेको थियो । आज बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको हो ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् ।
तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ । भने अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।





