चैत्र २७, डेस्क। जनकपुरधाममा धारिलो हतियार प्रहार गरी हिजो एक युवकको हत्या गरिएको थियो। महोत्तरीको एकडारा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको थियो।
यहि घटनामा संग्लंग रहेको आरोपमा प्रहरीले सोमबार नै जनकपुरधाम उप महानगरपालिका वडा न ४ शान्ति नगर बस्ने गणेश प्रसाद साहको छोरा २२ वर्षीय अर्जुन भनिने अजय कुमार साहलाई प्रहरीले पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन्।
अहिले अजय माथिकर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन ।





