चैत्र २३, डेस्क। आज बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार (आज) बिहान बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना हुदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिएको छ।
ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएका छन् । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।





