१०० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार

|

फाल्गुन ०३,डेस्क।  १०० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको हो।

काठमाडौं नागार्जुन न.पा.-४ बाफल महाडोल स्थायी बसोबास गर्ने वर्ष ५० की अन्जु सिंह काम गर्ने क्रममा इनारमा खसेको थियो। उक्त सूचना प्राप्त भएपछि विपद् व्यवस्थापन कार्यालय, सामाखुशीबाट आवश्यक उद्धार सामाग्रीहरू सहित प्रहरी टोली खटिएको थियो।

करिब १०० फिट गहिरो इनारबाट निजलाई जीवित उद्धार गरि उपचारको लागि मनमोहन अस्पताल पठाएको । अहिले निजको अवस्था सामान्य रहेको प्रहरीले जनाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित