माघ १७, डेस्क । राजस्व छली गरेको आरोपमा जनकपुरधामबाट दुईजना सुन चाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह रहेका छन् दुवैजनामाथि राजस्व छलीको आरोप लागेको छ।
दुईजना व्यवसायी पक्राउपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले आ आफ्नो पसल बन्द गरी टायर बालेर प्रदर्शन गरेका छन्।
पक्राउ परेका दुवै सुन चान्दी व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको छ।





