शोभा देवि साहको अध्यक्षतामा २३ सदस्यीय महिला संघ भेला सम्पन्न 

|

पुष ०७,रौतहट/मेवालाल यादव। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल, रौतहट जिल्ला भेला तथा पुनर्गठन कार्यक्रम आइतबार रौतहटमा सम्पन्न भएको छ । भेलाले शोभा देवि साहको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

अध्यक्ष शोभा देवि साह , उपाध्यक्ष अम्ब्या खातुन, कलपन लामा उपाध्यक्ष , अन्जु यादव सचिव , उर्मिला साह सहसचिव , मोमताज बेगम कोषाअध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मन्जु देवि राउत ,सुनिता देवि ,लालमुनु राउत ,पुजा चौधरी,कल्पना चौधरी लगायत रहेको जसपा नेपालका रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए ।

जिल्लाको उद्घाटन गर्दै प्रमुख अतिथि गोबिन्द चौधरीले जसपाले महिलाको हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको बताएका छन् ।

त्यस्तै विशिष्ट अतिथि जसपा नेपालका रौतहट जिल्ला चर्चित बिधायक रामकिशोर प्रसाद यादवले  जसपा विभिन्न उतारचढावका बीच यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘मुलुकको विकासका लागि महिलाहरुको सम्मानजनक प्रतिनिधित्व आवश्यक छ। जसपाको अगुवाइमा मुलुकमा संघीयताको स्थापना भएको उनले दावी गरे।

तस्विरहरु

चर्चित समाचार


भर्खरै प्रकाशित