पोखराविरुद्ध काठमाडौंको शानदार जीत

|

मंसिर २९,काठमान्डौ। पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौं शीर्ष ४ को होडमा फर्किएको हो ।

शनिबार बिहानको खेलमा काठमाडौंले पोखरालाई ३५ बल बाँकी हुँदै सहज जीत हात पारेको हो । यही जीतबाट प्राप्त २ अंकसहित काठमाडौंले शीर्ष चारमा पर्ने सम्भावनाको ढोकालाई थप बलियो बनाएको छ ।

महत्त्वपूर्ण जीत दिलाउने क्रममा १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंको लागि स्टेफन एस्कान्जी ३४ बलमा ६० रन बनाए । माइकल लेभिटले १८ बलमा ३२, भीम सार्कीले २० बलमा २२ रनका योगदान दिए ।

रेमन रेफरले ३० बलमा ४१, दिनेश खरेलले २५ बलमा ३८ र दिलीपनाथले २४ बलमा २७ रन बनाएपछि पोखराले काठमाडौंलाई १३९ रनको लक्ष्य दिएको थियो ।

काठमाडौंको लागि करण केसी र रशिर खानले ३/३ विकेट लिए । ३ विकेट लिएपछि करण एनपीएलमा सबैभन्दा बढी ११ विकेट लिने खेलाडी भएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित