मधेश प्रदेश सरकारमा रामअशिष यादवको नाम चर्चामा, मन्त्री बन्ने अपेक्षा उच्च

|

मंसिर २६, जनकपुर / मेवालाल यादव। मधेश प्रदेशमा हाल गठन भएको नयाँ सरकारको नेतृत्वमा जसपा नेपालका प्रमुख सचेतक तथा धनुषा क्षेत्रका लोकप्रिय सांसद रामअशिष यादव उपयुक्त हुने जनविश्वास बढ्दो छ। स्वच्छ छवि, इमानदारिता, सक्रियता र निरन्तर जनसेवामा अग्रसर रहँदै आएका यादव गंगासागर सफाइ अभियानका अध्यक्ष समेत रहेका छन्।

दुई पटकको प्रदेशसभा निर्वाचनमा विजय हासिल गरिसकेका यादवको नेतृत्व क्षमताप्रति प्रदेशवासी र दलभित्र दुवैतर्फ सकारात्मक धारणा बनेको देखिन्छ। प्रदेश सरकारको समसामयिक गतिविधि, सुशासन, पारदर्शिता र विकासमा दिगो योगदान पुर्‍याउन सक्ने योग्य नेता भनेर उनको नाम मन्त्री परिषद्का प्रमुख दावेदारको रूपमा अघि बढाइँदैछ।

जनप्रतिनिधि र पार्टी नेताहरूका अनुसार, मन्त्रीको जिम्मेवारी पाए यादवले मधेश प्रदेशमा स्थायी सुधार, सार्वजनिक सेवा प्रभावकारिता, र विकासका दीर्घकालीन योजनामा महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।
मधेस प्रदेशमा जसपा नेपालबाट मन्त्री बन्ने राजकुमार गुप्ता , मनिष सुमन , सन्जय यादवको नाम चर्चा समेत रहेको छ ।

यस्तै, सामाजिक सञ्जाल तथा विभिन्न जिल्लाका कार्यकर्ता–समर्थकहरूले पनि सांसद रामअशिष यादवलाई मन्त्री बन्ने शुभकामना दिंदै अग्रिम बधाइ व्यक्त गरेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित