मंसिर २१, महोत्तरी, साजन कुमार। प्रारम्भिक बालविकासको मापदण्डमा आधारित प्रारम्भिक बालविकास शिक्षकहरुको घरमा सिकाई सीप सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
यही मंसिर १९ गतदेखि २१ गते सम्म तीन दिवसिय कार्यक्रम रतौली युवा क्लवको आयोजना तथा सार्क विकास कोष र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र बलवा नगरपालिकाको समन्वय मा गुणस्तरीय समावेशी प्रारम्भिक वाल विकास र आधारभुत शिक्षा अन्तरगत प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुलाई घरमै सिकाई सिप सम्बन्धी आधारभुत तालिम सम्पन्न गरिएको छ।
रतौली युवा क्लबका वरिष्ठ परियोजना संयोजक सुनिल चौधरीले तालिमको महत्वबारे जानकारी दिँदै प्रारम्भिक बालविकासका शिक्षकहरुलाई घरमै सिकाईमय वातावरण तथा सिकाईकुना र छापामय वातावरण तयारीका लागी अभिभावकहरु वालवालिकाहरु संगै खेल्दै, रमाउंदै, कथा, कविता को माध्यम र भाषाका आधारभुत सीप अक्षर, शब्द, अंक, र गणितीय सीप अवधारणाको बिकास गर्नका लागी घरमै पढाई को वानी बिकास गर्न का लागी तालिमको मुख्य उद्धेश्य रहेको बताउनु भयो ।

बलवा नगरपालिकाका शिक्षा शाखा प्रमुख राज किशोर झाको नेतृत्वमा बलवा नगरपालिकाका २४ वटा बिद्यालयका बालविकासका शिक्षकहरुलाई तालिममा सक्रिय सहभागीता गराइएको थियो । उक्त कार्यक्रममा बलवा नगरपालिकाका शिक्षा शाखा प्रमुख राज किशोर झा तथा रतौली युवा क्लबको कार्यकारी निर्देशक बैद्यनाथ चौधरी ले आफनो शुभकामना मनतब्य राख्नु भएको थियो ।
०३ दिने तालिमको प्रशिक्षणमा मुख्य प्रशिक्षकको रुपमा शिवशंकर चौधरी, कन्चन साह, गोबिन्दलाल कर्ण, कल्पना साह, लगाएत सहजीकरण गर्नु भएको थियो ।






