असार ०९, डेस्क। प्रेमिकाले धोका दिएको भन्दै एक जनाले आफ्नो फेसबूकमा स्टाटस लेखेर आत्महत्या गरेका छन् ।
आत्महत्यागर्नेमा देवानगञ्ज गाउँपालिका वडा नम्बर ०६ घर भई जिल्ला अस्पताल धनकुटामा कार्यरत अर्जुन मेहताले आज बिहान प्रेमिकाले धाेखा दिएकाे भन्दै फेसबुकमा स्टाटस् लेखेर आत्महत्या गरेका छन् । फेसबुकमा स्टाटस् लेखेर केही घन्टा पछि उनले आत्महत्या गरेका छन् ।
उनले जम्मा बेला बेला गरेर चार ओटा स्टाटस लेखेका छन्। ती चार ओटा स्टाटस यी हुन्।
-उनले पहिलो स्टाटसमा लेखेका छन् : म यसको टरचर को कारण सकिन बस्न मेरो र सुशीला को बिहे सुशिला कै परिवार मिलेर गोप्य रुपमा गराएको हो ।बिहे गराएको केहि दिन पछि सुसिला र यसको परिबार मिलेर बार्गेनिङ सुरु भयो जुन बिहेको खर्च देउ अनि गाउँ समाज को परम्परा अनुसार बिहे गर्ने नतर कर्नि,जोर जबरजस्ती मुद्दा गर्छु । र तेस्पछि मुदा पनि गरो cyber crime मुद्दा पनि गरो र पनि चित बुझेन।सधै टरचर गर्न थालियो अब म सकिन यस्तो तनाब मा बाच्न।र म आफुले आफैलाई धेरै सम्हाल्न चाहे तर अब सकिन।

– दोश्रो स्टाटसमा उनले लेखेका छन् : ल राम्रो सँग बस्नु तिम्रो लागि सारा संसार छोडेर जादै छु।
![]()
-तेस्रो स्टाटसमा उनले लेखेका छन् : यो सन्सारमा सायद म बसेको तिमि र तिम्राे परिवार लाई राम्रो लागेन जुन तिमि म संग love गरेको नाटक गरियो र तिम्रो परिवारले तिम्रो र मेरो बिहे गरेको नाटक गरियो र बार्गेनिङ यसरी आज मलाई सदा को लागि खतम गरेरै छोडियो।

– चौथो स्टाटसमा उनले लेखेका छन् : Sorry आमा बुबा म आफ्नो तनाब सहन सकिन र नत तपाईंहरु लाइ भन्न सके ।म आफुले आफलाई धेरै सम्हाल्न चाहे तर अब सकिन sorry sorry 😢😢😢😢
![]()
यी चार ओटा स्टाटस आफ्नो फेसबूकमा लेखेर आत्महत्या गरेका छन् । भने उसको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल बिराटनगर पठाईएको छ। साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।






