संसद् भवन भित्रै प्रहरी मृत फेला : प्रेम सम्बन्धमा दरार आएपछि आफुलाई गोली हानि गरे आत्महत्या

|

असार ०५, डेस्क। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थमा खटिएका प्रहरी जवानले आफ्नै निधारमा आफैले गोली हानेका सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवान अजित गोलेले आफ्नो प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले आज बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए ।

उक्त शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो । अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो । ‘प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिन्छ’, उनले भने ।

घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित