असार ०५, डेस्क। अत्यधिक गर्मीका कारण भारतमा १७१ जनाको मृत्यु भएको छ।
भारतको उत्तर प्रदेश (यूपी) मा गर्मीका कारण हिजो मंगलबार एकै दिन १७१ जनाको मृत्यु भएको छ । कानपुर र बुन्देलखण्ड जिल्ला दिनभरि “लु” चलेको थियो । उरइमा तापक्रम सबैभन्दा बढी ४६ दशमलव ४ डिग्रीमा मापन भएको थियो ।
गर्मीका कारण बुन्देलखण्ड र कानपुरमा मंगलबार ६२ जनाको मृत्यु भएको छ । यीमध्ये बांदामा १३, फतेहपुरमा १२, कानपुरमा ११, हमीरपुरमा १०, चित्रकूटमा आठ, महोबामा पाँच र इटावामा तीन जनाको ज्यान गएको थियो । अवध जिल्लामा पनि गर्मीले ६ जनाको मृत्यु भएको थियो ।
अमेठीमा एक वृद्ध, गोंडामा एक वृद्ध र रायबरेलीमा एक व्यक्तिको मृत्यु भएको बताइएको छ । पूर्वाञ्चलका नौ जिल्लामा ६४ जनाको मृत्यु भएको छ । जसमा मिर्जापुरमा १५, वाराणसीमा १८, बलियामा १२, गाजीपुर र चन्दौलीमा सात–सात, सोनभद्रमा दुई, आजमगढ, भदोही र माउमा एक–एक जनाको मृत्यु भएको छ ।
बज्र क्षेत्रमा पनि मंगलबार एकै दिन १३ जनाको ज्यान गएको थियो । प्रयागराज र आसपासको क्षेत्रमा २० जना र गोरखपुर–बस्ती क्षेत्रमा ४ जनाको मृत्यु भएको छ ।त्यस्तै अन्य ठाउमा ८ जनाको मृत्यु भएको हो।






