असार ०१, डेस्क। हिजो बारामा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाकाे मृत्यु भएको थियो ।

हिजो रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । आज जिल्ला प्रहरी र सिडिओ कार्यालय बाराको गेट अगाडि मृतक कुश्वाहाको शव राखेर प्रदर्शन गरिएको हो ।
शैक्षिक संघ संगठन एवम् समर्थकहरूले दोषीलाई कारबाहीको माग गर्दै २ बजेदेखि प्रदर्शन गरेका हुन् ।
मृतक कुश्वाहा हत्या प्रकरणमा संलग्न रहेको आशङ्का अहिलेसम्म ५ जना पक्राउ परेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बताए । पक्राउ परेकाहरूसँग सोधपुछ चलिरहेको प्रहरीले जानकारी दिएको छ ।





