सप्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

|

असार ०१, डेस्क। सप्तरीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

सप्तरीको कंचनरूप नगरपालिका-१ बरमझियास्थित काकरभिट्टाबाट वीरगन्जतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४१४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बैरवा बस्ने २७ वर्षीय उमेश मुखियाको आज शनिबार दिउँसो मृत्यु भएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।

 

चर्चित समाचार


भर्खरै प्रकाशित