रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते

|

जेष्ठ ३०, डेस्क। रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा बस चालक र यात्रुसहित जम्मा ४३ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा १९ जना डिस्चार्ज भइसकेको छ भने अन्य २४ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बसका सहचालक गम्भीर घाइते छन्। अहिले उनीहरुको पहिचान खुल्न सकेको छैन।  र यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित