ओखलढुंगा : स्कारपियो दुर्घटना हुदा चालकको घट्नास्थलमै मृत्यु, ५ जना गम्भीर घाइते

|

फाल्गुण ०३, डेस्क। ओखलढुंगामा स्कारपियो दुर्घटना हुदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । भने ५ जना गम्भीर घाइते भएका छन् ।

मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्क तर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिई जाँदै गरेको बा.२० च ४८६२ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा चालक मोरङ घर भएका २६ वर्षीय गणेश रसाईलीको घट्नास्थलमै मृत्यु भएको हो ।

गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय फिट तल खसेर दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडीमा सवार ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको सामुदायिक मिसन अस्पतालमा उपचारको भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि काठमाडौँतर्फ रेफर गरिएको हो।

यस दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित