साउन ३०, डेस्क। झापामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मेचिनगर नगरपालिका-१३ कालिझोडास्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको गरेको मे.६ प ८३२० नम्बरको मोटरसाइकलको ठक्करबाट उक्त पैदलयात्रीको मंगलबार राति मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






