साउन ३०, डेस्क। रौतहटमा धारिलो हतियार प्रहार गरी एक जना वृद्धको हत्या भएको छ ।
गौर नगरपालिका–०५, कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। आज बुधबार बिहान महतो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिएका हुन् ।
उनका अनुसार महतोको शव घरभन्दा दुई सय मिटर टाढा धान खेतमा फेला परेको थियो । घटनास्थलको मुचुल्का उठाईएको छ भने शव परीक्षणका लागि पठाइएको छ। भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






