“छक्कापञ्जा ५” को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक

|

साउन २९, डेस्क। फिल्म ‘छक्कापञ्जा ५’ को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । आइतबार ओएसआर युट्यव च्यानलबाट रोमान्टिक गीत रिलिज भएको हो ।

दीपक शर्माद्वारा संगीतबद्ध डान्सिङ ट्रयाकमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर समावेश रहेको छ । गीतमा फिल्मका दुई शीर्ष कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।

विवाहका लागि केटाले केटीलाई फकाउन गरेको प्रयत्नको भाव र नृत्य कम्पोजमा गीत तयार भएको छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरीको पटकथा, केदारप्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । फिल्म आगामी असोजको २४ गतेदेखि प्रदर्शनमा आउनेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित