साउन २९, डेस्क। आज बिहान सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
चालक मोरङ उर्लाबारी न.पा. १ बस्ने २५ वर्षीय सबिन राईको मृत्यु भएको हो। आज मंगलबार बिहान साढे ६ बजे शम्भुनाथ नगरपालिका-५ पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन्।
मधेश प्रदेश-०३-००१ ख ८१८१ नं. को १२ चक्के ट्रक मोहनपुर पुलबाट अन्दाजी २० मिटर तल खसेको हो। पुलबाट खसेर दुर्घटना हुँदा चालक सोही ट्रकमा फसेका थिए। सोही ट्रकमा च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन्।
भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।






