पेस्तोलसहित एकजना पक्राउ

|

साउन २८,डेस्क। झापामा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।

प्रहरीका अनुसार दमक नगरपालिका–५, बानेश्वर हाइटस्थित सडकबाट आज बिहान सोही नगरपालिका–८ का ३६ वर्षीय सञ्जीव गजमेरलाई पक्राउ गरेको हो ।

‘मेड इन इटाली’ लेखिएको पेस्तोल एकथान र म्याग्जिन दुईथानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार भएका थिए । चेकजाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागबाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित