धनुषा र सिरहा जोड्ने कमला पुल निर्माण थाल्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

|

साउन २७, डेस्क। धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्नुपर्ने एकसुत्रिय माग राखेर कमला पुल निर्माण संघर्ष समितिले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन-पत्र बुझाएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माण प्रक्रिया सात दिन भित्र थाल्न माग गर्दै सिरहा सदरमुकामबाट मोटरसाइकल र्‍यालीसहित दर्जनौंको संख्यामा आएका प्रदर्शनकारीहरुले मधेश सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले ज्ञापनपत्र बुझाउँदै सात दिन भित्र पुल निर्माण प्रक्रिया नथालिए मुख्यमन्त्री कार्यालय अगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी समेत दिएका छन्। पहिलाको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले, त्यसलाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग रोखेको छ ।

सिराहा नगरपालिका वडा नम्बर -०६ का वडा अध्यक्ष का अनुसार सात दिनको अल्टिमेटम पछि कुनै निष्कर्ष नआएपछि म लगायत ६ जना मुख्यमन्त्री कार्यालय अगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी समेत दिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित