बस दुर्घटना हुदा १० जनाको मृत्यु

|

साउन २६,डेस्क। टर्कीको राजधानी अंकारामा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्य २५ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

अंकारा-एस्किसेहिर राजमार्गको पोलाटली जिल्लामा रहेको ओभरपासको पोलमा बस ठोक्किएको अंकाराका प्रान्तीय गभर्नर वासिप साहिनले बताए । चालक निदाएका कारण दुर्घटना हुनसक्ने आशङ्का गरिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटना भएको रुटमा सवारी आवागमन बन्द गरिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित