रौतहट : छतमा खेल्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

|

साउन २६, डेस्क । रौतहटमा छतमा खेल्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर हिजो शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्। यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित