सडक भासिएपछि बालेनले भने- टुकुचा माथिका घरहरू पनि यसैगरी भासिन्छन

|

साउन २५,काठमाडौं। दरबारमार्गस्थित महेन्द्र शालिक–काठमाडौं प्लाजा सडक भासिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिचिएको टुकुचा खोलाको प्रसंग निकालेका छन् ।

टुकुचा खोलो छोपेर बनाइएको सडकमा ठूलो भ्वाङ परेपछि मेयर शाहले घरहरू पनि जोखिममा पर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको कार्यालयअगाडिकै सडक भ्वाङ परेपछि सडक विभागले टाल्ने तयारी गरिरहँदा शाहले त्यसलाई खोलो छोपेको दुष्परिणाम भनेका छन् ।

शाहले समाजिक सञ्जालमा भ्वाङ परेको सडकको भिडियो सार्वजनिक गर्दै अझै केही घर छोपिएको टुकुचाको चपेटामा पर्दै जाने बताएका छन् ।

यो जोखिम देखेर नै महानगरले टुकुचा खोला खोल्न थालेको उनले बताएका छन् । तर अदालतले रोकिदिएका कारण खोलो खोल्ने काम रोक्नुपरेको उनले बताएका छन् ।

टुकुचा खोलाको क्षेत्राधिकारको जग्गा व्यक्ति विशेषको नाममा त्रुटीवश हुन गएकाले कानुनअनुसार लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि शाहले भनेका छन् ।

सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने उनले बताए ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित