बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

|

साउन २४, डेस्क। आज नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १६ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित