साउन २२, डेस्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपराह्न पाँच बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुने छ। बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुनेछ।





