राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने

|

साउन १७, डेस्क । आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार आज बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने जानकारी दिएका छन । उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ ।

कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित