मनराशिसवा नगरपालिकाद्वारा सपेता (मसला) को रुख काट्ने अभियान सुरु

|

साउन १६,डेस्क। महोत्तरीको मनराशिसवा नगरपालिकाले सपेताको रुख ब्यबस्थापन गर्ने कार्य सुरु गरेको छ।

नगरपालिकाको १२ औ नगरसभाको निर्णय अनुसार नगरपालिका भित्रको कृषि योग्य जमिन तथा पानीको सतह सुरक्षित राख्न सपेताको रुख बिस्थापित गरि अन्य प्रजातीको बोट बिरुवा लगाउन सुचना निकालिएको छ।

सुचना प्रकाशित भएको मिति देखि तिन महिना भित्र आ-आफ्नो जमिनमा रहेको सपेताको रुख काट्न सुचनामा भनिएको छ। तोकिएको मिति भित्र सपेताको रुख नकाटे नगरपालिकाबाट क्रमचारी खटाए काट्न लगाउने सुचनामा भनिएको छ।

मधेशमा दिनानुदिन पानीको संकट गहिरिदो छ । भएका मुहानहरु सुक्न थालेका छन् भने भूमिगत पानीको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरु काम नलाग्ने अवस्थामा पुगेका छन् ।

तर मधेशमा पानीको अभाव सिर्जना हुनुको कारण मध्ये मसला (सपेता)को रुखलाई समेत दोष देखाउन थालिएको छ ।

झण्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो रुखकै कारण मधेश मरुभूमीकरण तर्फ उन्मुख भएको किसानहरुले गुनासो गर्न थालेका छन् ।

अन्य रुखको तुलनामा अग्लो र मोटो हुने हुँदा स्वभाविक रुपमा एउटा रुखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरु स्वीकार गर्छन् ।

रुखले किसानहरुको पानी र वालीनालीमा गम्भीर असर परेको वाक्लै निवेदन आएपछि हटाउने र बरु फलफूलको विरुवा रोप्ने नगरसभावाट नै पास गराएको बताइएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित