साउन १५, डेस्क। रुपन्देहीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका-१० कञ्चन पुलस्थित सडकमा रा.५ प ८७३३ नम्बरको मोटरसाइकल र लु.२ ख ६२३६ नम्बरको टेलर गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार दाङ घोराही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीया सावित्रा भन्ने स्यान्नानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





