साउन १४, डेस्क। लागूऔषध सहित दुई जना झापामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना बस्ने २५ वर्षीय सम्बर राई र उनकै भाइ २३ वर्षीय सुरेन्द्र राई रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर १ ग्राम ५ सय ३० मिलिग्राम बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । [पक्राउ गरेर उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





