माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ

|

साउन १३, डेस्क । आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोकमा माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

एटिएम तोडफोड गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। प्रहरीको टोलीले रौतहट यमुनामाई गाउँपालिका-१ घर भई काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठालाई पक्राउ गरेको हो।

उनीबाट प्रहरीले एउटा फलामको रड पनि बरामद भएको छ। साथै यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित