मटिहानीमा एकिकृत महिला स्वास्थ्य शिविर सम्पन्न

|

साउन ११,वीरेन्द्र कुमार। मटिहानीमा शुक्रवार दुईदिने एकिकृत महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ओरेक महोत्तरीको आयोजना तथा मटिहानी नगरपालिकाको समन्वय तथा सहकार्यमा सो शिविर संचालन गरिएकोमा २२५ विरामी लाभान्वित हुदै शिविर सम्पन्न भएको हो । शिविरबाट २०५ महिला र २० बालबालिका तथा पुरुषले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा ओरेक महोत्तरी,स्वास्थ्य कार्यालय महोत्तरी र मटिहानी नगरपालिका समेतले निशुल्क औषधीको व्यवस्था गरेको थियो ।

प्रादेशिक अस्पताल जनकपुरको ओसिएमसी इन्चार्ज स्त्री रोग विशेषज्ञ डा. रुवी सिंह र जेनरल फिजिसियन डा. अजित कुमार सिंहले शिविरमा आएका विरामी जाँचेका हुन ।

शिविरमा आएका विरामीहरुमा १२३ जना विरामीलाई स्त्री रोग विशेषज्ञ डा. रुवी सिंहले चेकजाँच गरेकी छिन् भने बाकि विरामीलाई जेनरल फिजिसियन डा. अजित कुमार सिंहले जाँचेका थिए ।

जाँच गरिएको विरामीहरुमा ३ जनालाई पाठेघरको मुखमा क्यान्सर जस्तो गम्भिर समस्या देखिएको र उनलाई तत्काल थप उपचारको आवश्यक्ता रहेको ओरेक धनुषा तथा महोत्तरीकी संयोजक बिना सिंहले बताईन् । उनले एकजनालाई स्तन क्यान्सरको शंका देखिएको र २ जनामा बाझोपन देखिएकोमा उनीहरुलाई थप उपचारको आवश्यक्ता रहेको बताईन । उनले महिनावारीमा गडबडी र महिनावारीको समय पेट दुख्ने लगायतका विभिन्न महिला सम्बन्धी रोगका विरामीहरुले वढी भन्दा वढी स्वास्थ्य सेवा लिएको बताईन् ।

संयोजक सिंहले शिविरमा आएकी गर्भवतीहरुको समेत चेकजाँच गरिएको थियोे । एकजना बालकको कानको माथिल्लो भागमा डल्लो देखिएको र २ जना अटिज्मका विरामी रहेकोमा उनलाई समेत थप उपचारको आवश्यक्ता रहेको भन्दै थप उपचारको आवश्यक्ता भएका विरामीहरुका लागि ओरेकको तर्फबाट सम्बन्धित स्थानहरुमा पहल तथा समन्वय गरिने बताईन ।

मटिहानी नगरपालिका ६ स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको सो स्वास्थ्य शिविरको उद्घाटन सत्रको अध्यक्षता सोहि वडाका वडाअध्यक्ष कलिम अंसारीले गरेका थिए ।

शिविरको उद्घाटन सत्रमा स्वास्थ्य कार्यालय महोत्तरी,प्रादेशिक अस्पताल जलेश्वर,मटिहानी नगरपालिका स्वास्थ्य तथा अन्य शाखाहरु,स्वयम सेविकाहरु लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा मटिहानी नगरपालिकाका स्वास्थ तथा अन्य कर्मचारी,स्वयमसेविका,महिला मानवअधिकार रक्षक संजाल,किशोरी समुह,युवा संजाल,महिला समुह लगायतका शिविर मा सहभागी भएर सफल बनाउन योगदान दिएको संयोजक सिंहले बताईन् ।

शिविरमा स्वास्थ सेवासंगै सयपत्री कुराकानी,जडीबुटीबाट घरमै कसरी उपचार गर्ने,महिला हिंसाका सवाल जवाफ,महिला स्वास्थ वारे जानकारीका साथै महिला तथा किशोरीमा उठेका सवै प्रकारका जिज्ञासा र कौतुहल्ता मेट्न विभिन्न स्टलहरु समेत राखिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित