साउन ११, डेस्क। मोरङको उर्लाबारीमा एक डाक्टर कोठामा मृत अवस्थामा फेला परेका छन्। मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत ३३ वर्षीय डाक्टर मनीषकुमार यादव हिजो बिहीबार बिहान कोठामा मृत भेटिएका प्रहरीले जनाएको छ।
छिमेकीले झ्यालबाट हेर्दा उनलाई भित्रबाट चुकुल लगाएर सुतेको अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थल पुगेको प्रहरीले ढोका फुटाएर बिहान ८: ४० बजे अरनिको अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ । साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





