स्रोत नखुलेको १२ लाख नगदसहित दुईजना पक्राउ

|

साउन १०, डेस्क। तनहुँबाट स्रोत नखुलेको रु १२ लाख नगदसहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले हिजो बुधबार उनीदुबैलाई पक्राउ गरेको हो । पक्राउ गरेका दुबै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित