शोकमा डुब्यो शिक्षण अस्पताल परिसर, आफन्तको रुवाबासी

|

साउन ०९, डेस्क । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ ।

त्रिभुवन विमानस्थलस्थित दुर्घटनास्थलबाट उठाइएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।
त्यहाँ शव लगिएसँगै शिक्षण अस्पताल परिसर शोकमग्न भएको छ। ज्यान गुमाएका सौर्य व्यवस्थापनका सदस्य र कर्मचारीका परिवारहरू अस्पतालमा भेला भएपछि अवस्था शोकमा डुबेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित