११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

|

साउन ०९,डेस्क। आज बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको हो। यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज बुधबार चाँदी पनि महँगिएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित