अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा १ जना पक्राउ

|

साउन ०९,डेस्क। एउटा नाबालिकाको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं बस्दै आएका २० वर्षीय मोहम्द जे एच अजवानलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनले नाबालिकालाई फेसबुकमा साथी बनाएर विभिन्न प्रलोभन देखाइ अश्लिल भिडियो तथा फोटो पठाउन लगाए पछि त्यही भिडियो र फोटोमार्फत ब्ल्याकमेलिङ गरेको र चरित्र हत्या समेत गरेको पाइएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका अजवानविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित