साउन ५,डेस्क। बढ्दो डिजिटलाईजेसन र डिजिटाइजेसनका सन्दर्भमा युवाहरूलाई डिजिटल अधिकार, डिजिटल सुरक्षा तथा अनलाइनमा जिम्मेवारीपूर्ण व्यवहारका बारेमा जागरूक बनाउने, डिजिटल साक्षरता सीप प्रदान गर्ने, सुरक्षित अनलाइन अभ्यासलाई बढावा दिने उद्देश्यका साथ डिजिटल राइट्स नेपाल (डीआरएन)ले मधेस प्रदेशको जनकपुरमा दुई दिने डिजिटल राइट्स स्कुल सम्पन्न गरेको छ । साउन ४ र ५ मा भएको दुई दिने कार्यशालामा ३० जना युवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा डिजिटल अधिकारका आधारभूत विषयहरू, अनलाइन अभिव्यक्ति स्वतन्त्रता, अनलाइन गोपनीयता तथा तथ्याङ्क संरक्षण, डिजिटल समावेशीकरण, डिजिटल सुरक्षा, इन्टरनेट गभर्नेन्स र गलत, भ्रामक सूचना र घृणायुक्त अभिव्यक्ति जस्ता विषयहरूमा छलफल भएको थियो। डिजिटल अधिकार र डिजिटल सुरक्षाका विविध पक्षको सन्दर्भमा युवाहरूको ज्ञान तथा क्षमता अभिवृद्धिका लागि स्कुल निकै उपयोगी रहेको सहभागीले बताएका छन् ।
नेपाल अमेरिका एलुम्नाई नेटवर्क (नुसान) सँगको सहकार्य र नेपालको लागि अमेरिकी राजदूतावासको सहयोगमा डिजिटल राइट्स नेपाल (डीआरएन)ले आयोजना गरेको उक्त कार्यक्रमका सहभागीहरूले मधेस प्रदेशमा डिजिटल अधिकार र सुरक्षा प्रवर्धनका लागी मधेस डिजिटल अधिकार वकालत सञ्जालको स्थापना समेत गरेका छन् । उक्त सञ्जालको संयोजकका रूपमा समिता कुमारी र आनन्द सहनी निर्वाचित हुनु भएको छ ।
थप तस्विरहरु






