करेन्ट लागेर कैलालीमा एक महिलाको मृत्यु

|

साउन ०३, डेस्क। कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

हिजो बुधबार लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडिपट्टि रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

उनको शवलाई पोस्टमार्टमको लागि पठाईएको छ भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित