असार २७, डेस्क। आज बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज ८ सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भरहेको छ।
चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७० रुपैयाँ रहेको चाँदी यस दिन १८८५ कायम भएको महासंघले जनाएको छ ।





