असार २५, डेस्क। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल गर्नको लागि एमालेले बैठक बोलाएको थियो ।





