असार २५, डेस्क। रुपन्देहीमा आज बिहान बस अनियन्त्रित भई दुर्घटना हुदा ८ जना घाइते भएका छन्।
रुपन्देहीको तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।
उक्त बसमा जम्मा १६ जना सवार भएका थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर यस दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।





