अण्डाको रेट प्रतिक्रेट ३० रूपैयाँसम्म बढ्यो

|

असार २४, डेस्क। पछिल्लो समयमा अण्डाको मूल्य बढ्न थालेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य बढाएको छ।

असार ५ गते अण्डाको नयाँ मूल्य तोकेको संघले सात/दश दिनमै पुनः नयाँ मूल्य निर्धारण गरेको हो। अहिले न्यूनतम प्रतिक्रेट पाँच रूपैयाँदेखि २० रूपैयाँसम्म मूल्य बढाइएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिएका छन् ।

‘उत्पादन घटेको छ। माग बढेको छ,’ उनले भने, ‘माग अनुसार आपूर्ति नहुँदा मूल्य बढेको हो।’ उनका अनुसार हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ।

त्यस्तै, सात/दश दिनअघि किसानले मध्यम आकारको अण्डा चार सय ६५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ पाएका थिए। यसअघि उपभोक्ताले मध्यम आकारको अण्डा प्रतिक्रेट पाँच सय ३०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय ७० देखि ८० रूपैयाँमा पाइरहेका थिए।

चर्चित समाचार


भर्खरै प्रकाशित