असार २४, डेस्क। रौतहटमा एक जनाको बाग्मती नदी किनारमा शव फेला परेको छ ।
रौतहटको माधव नारायण नगरपालिका-९ गढउ स्थित बाग्मती खोलाको किनारमा अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शवलाई पोस्टमार्टमका लागि पठाईएको छ। साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।





