धनगढी: नालामा मोटरसाइकल खस्दा चालकको मृत्यु

|

असार २२, डेस्क। धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का कृष्ण चौधरीको आज शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से ३ प ५६९५ नम्बरको मोटरसाइकल नालामा खस्दा उक्त दुर्घटना भएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित